२०८१ कार्तिक १९ गते , सोमबार

देशभर १ लाख २८ हजारभन्दा बढीले लगाए कोरोना खोप

sajilo news
पार्थ मण्डल
२०७७ माघ २० गते , मंगलबार
देशभर १ लाख २८ हजारभन्दा बढीले लगाए कोरोना खोप

झापा । देशभर १ लाख २८ हजारभन्दा बढीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आजसम्म ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख २८ हजार ६५० जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् ।
 प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार