२०८२ जेष्ठ ११ गते , शनिबार

 झापामा सवारी चालकहरूको आँखा र कान जाँच

दिनहुँ सवारी दुर्घटना 

sajilo news
पार्थ मण्डल
२०७७ माघ १९ गते , सोमबार
 झापामा सवारी चालकहरूको आँखा र कान जाँच

झापा । झापामा दिनहुँ सवारी दुर्घटनामा परी ज्यान गुमाउने सङ्ख्या बढ्दो छ । दुर्घटना रोक्न सवारी चालकहरूलाई लक्षित गरी बिर्तामोडमा एक दिने आँखा र कानसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, रेडक्रस सोसाइटी, दृष्टि आँखा अस्पताल बिर्तामोडको संयुक्त आयोजनामा बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडी सो शिविर भएको थियो । शिविरमा ८६ जना सवारी चालकहरूको निःशुल्क आँखा तथा कानको परीक्षण गरिएको थियो । त्यस्तै सोही कार्यक्रममा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रगत दान गरेका छन् ।

बिर्तामोड नगरपालिका नगर प्रमुख ध्रुवकुमार सिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्लिसिना,जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नं। २ गण हेड क्वाटरका सशस्त्र प्रहरी उपरीक्षक रमेश पाण्डे, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश जगेबुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक भट्टराईले स्वागत मन्तव्य राख्दै सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जानकारी दिएका थिए ।

सम्बन्धित समाचार