२०८१ मंसीर २० गते , विहीबार
८८ हजारले लगाए कोरोनाको खोप, प्रदेश १ मा १२ हजार बढी
झापा । नेपालमा ८८ हजारले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार साँझ ४ बजे सम्म ८८ हजार ७ जनाले कोरोना विरूद्धको खोप लगाएका हुन्। कोभिड १९ खोप अभियान अन्तर्गत पाँचौ दिन सम्ममा १८५ खोप केन्द्रबाट सो संख्याले खोप लगाएका हुन्।
जसमध्ये प्रदेश १ का १२ हजार ७ सय ६३, प्रदेश २ का ११ हजार ५७, बागमतीमा २८ हजार ६ सय ८३, गण्डकीमा १२ हजार ३ सय ११, लुम्बिनीका १० हजार ७ सय ६० कर्णालीका ५ हजार ५ सय ५६ र सुदूरपश्चिमका ६ हजार ८ सय ७७ जनाले खोप लिएका छन्। त्यस्तै स्वास्थ्यकर्मीहरूले पाँच दिन भित्र खोप लिइसक्न मन्त्रालयले आग्रह गरेको छ।