२०८३ मंसीर १० गते , बुधबार

किर्ते मुद्दामा फरार रहेकी एक महिला बिर्तामोडबाट पक्राउ

sajilo news
झापा
२०८३ मंसीर १० गते , बुधबार
किर्ते मुद्दामा फरार रहेकी एक महिला बिर्तामोडबाट पक्राउ

सरकारी कागज छाप दरखास्त किर्ते मुद्दामा फरार रहेकी एक महिला बिर्तामोडबाट पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिर्तामोड-४ बस्ने वर्ष ३५ की सुनिता लिम्बू रहेकी छन् । ताप्लेजुङ जिल्ला अदालतबाट भएको फैसला बमोजिम सरकारी कागज छाप दरखास्त किर्ते मुद्दामा उनलाई १० महिना २ दिन कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

हिजो दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी सहायक हवल्दार सुजन श्रेष्ठको कमान्डमा आएको सादा पोसाकको टोली र प्रहरी चौकी बिर्ता बजारबाट प्रहरी सहायक निरीक्षक छत्रकुमारी श्रेष्ठको कमान्डमा खटिएको संयुक्त टोलीले लिम्बूलाई उनको घरबाटै नियन्त्रणमा लिएको हो। हाल लिम्बूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

सम्बन्धित समाचार