२०८३ मंसीर ९ गते , मंगलबार

पूर्वी नेपालमा ५.६ म्याग्निच्युडको भूकम्प, ताप्लेजुङको ओलाङचुङगोलामा केन्द्रबिन्दु

sajilo news
झापा
२०८३ मंसीर ९ गते , मंगलबार
पूर्वी नेपालमा ५.६ म्याग्निच्युडको भूकम्प, ताप्लेजुङको ओलाङचुङगोलामा केन्द्रबिन्दु

पूर्वी नेपालको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

केन्द्रका अनुसार चीनको तिब्बतसँग जोडिएको ताप्लेजुङको ओलाङचुङ गोला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ । भूकम्पले क्षति पुगे रन पुगेको विवरण भने आइसकेको छैन ।

अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) ले भने उक्त भूकम्पको केन्द्रबिन्दु भारतको सिक्किम राज्यस्थित मगन क्षेत्रबाट करिब ६७ किलोमिटरको दूरीमा र १० किलोमिटर गहिराइमा रहेको उल्लेख गरेको छ । 

सम्बन्धित समाचार