२०८३ मंसीर ८ गते , सोमबार

बाल यौन दुर्व्यवहारको आरोपमा मेचीनगरमा एकजना पक्राउ

sajilo news
झापा
२०८३ मंसीर ७ गते , आईतबार
बाल यौन दुर्व्यवहारको आरोपमा मेचीनगरमा एकजना पक्राउ

बाल यौन दुर्व्यवहारको आरोपमा मेचीनगरमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर-१५ बस्ने ४१ वर्षीय अरुणकुमार श्रेष्ठ रहेका छन् । मेचीनगर-१५ बस्ने पीडित १२ वर्षीया नाबालिकाका बुवाले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुलराज गौतमको कमान्डमा टोली खटिएर श्रेष्ठलाई घरबाटै पक्राउ गरेको हो । पीडित र पीडक दुवै जनालाई स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

हिजो साँझ ६ः४५ बजे श्रेष्ठले घरमा कोही नभएको मौका छोपी बालिकालाई यौन दुर्व्यवहार गरेका थिए । ती बालिकाले डिप्रेसनको औषधी सेवन गर्दै आएको बुझिएको छ । श्रेष्ठ यसअघि पनि पक्राउ परेका थिए ।

सम्बन्धित समाचार