२०८३ मंसीर ८ गते , सोमबार

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

sajilo news
झापा
२०८३ मंसीर ७ गते , आईतबार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो ।

यो गिरावटसँगै आज सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा तिहारपछि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।

सम्बन्धित समाचार