२०८३ कार्तिक २६ गते , बुधबार
जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन्। प्रहरीले उनीहरुका साथबाट करिब रु २५ लाख बरामद गरेको छ।