२०८३ कार्तिक २६ गते , बुधबार
सुतेकै ठाउँमा कनकाईका पराजुलीको मृत्यु
झापा । सुतेकै ठाउँमा झापाको कनकाई नगरपालिकाका एक व्यक्तिको मृत्यु भएको छ । गएराति ९ः४५ बजे कनकाई ४ टेक्रा बस्ने वर्ष ३१ का तुलसी पराजुली बेलुकातिर घरमा खाना खाई आफ्नै कोठामा गई सुतेकोमा उनलाई घरका सदस्यहरूले बेहोस अवस्थामा फेला पारेका थिए । उनलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याउनासाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनिमा जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी नायव निरीक्षक विष्णुप्रसाद सापकोटाको टोली खटिएर घटनाबारे थप बुझ्ने कार्य भइरहेको जनाइएको छ । मृतक बेलुका ७ बजेतिर खाना खाई बाहिर घुम्न गएका थिए । राति ९ बजे घरमा आई सुतेको भन्ने बुझिएको छ।