२०८३ कार्तिक २६ गते , बुधबार
नेपाल भित्र्याउन लागेको करिब २ केजी ब्राउन सुगर बरामद
नेपाल भित्र्याउन लागेको करिब २ केजी ब्राउन सुगर भारतीय प्रहरीले बरामद गरेको छ । हिजो साँझ भारत सिलगुडीको पीसी मित्तल बस टर्मिनलमा त्यति धेरै ब्राउन सुगरसहित तीन जना तस्करलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दुईजना माल्दाका र एक जना उत्तर दिनाजपुरका रहेका छन् ।
भारतको सिलिगुडी , पानीट्यांकी , गलगलिया र दिघलबैक झापामा लागूऔषध सप्लाई गर्ने मुख्य अखडाहरू हुन् । माल्दा जिल्लाबाट ती स्थानमा ब्राउन सुगर आउने गरेको छ ।