२०८३ कार्तिक २६ गते , बुधबार

झापामा साइकलबाट लडेर एकजनाको मृत्यु

sajilo news
झापा
२०८३ कार्तिक १९ गते , बुधबार
झापामा साइकलबाट लडेर एकजनाको मृत्यु

झापामा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ । करिब तीन साताअघि साइकलबाट लडेर घाइते भएका शिवसताक्षी नगरपालिका –४ बोलोचोक बस्ने ३१ वर्षीय शेषलाल माझीको उपचारका क्रममा हिजो बिहान ९ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत असोज २८ गते राति ९ः३० बजे उनी साइकल अनियन्त्रित भई लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो ।

सम्बन्धित समाचार