२०८३ कार्तिक २६ गते , बुधबार
दमकमा एक थान पेस्तोल बेवारिसे अवस्थामा बरामद
झापाको दमक नगरपालिका-५ स्थित बाँसघारीबाट म्यागेजिनसहित एक थान पेस्तोल बेवारिसे अवस्थामा बरामद भएको छ । आज दिउँसो करिब ४ बजे स्वीप अपरेसन टोलीले खोजतलास गर्ने क्रममा बाँसको झ्याङमा लुकाइछिपाइ राखेको Made in Italy लेखिएको म्यागेजिनसहितको एक थान पेस्तोल फेला पारेको हो ।
बरामद पेस्तोल कार्यालयमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको छ । सो हतियार जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आशङ्का गरिएको छ ।