२०८३ कार्तिक २६ गते , बुधबार

भद्रपुरबाट ५ लाख ४० हजार रुपैयाँभन्दा बढीको पटाका बरामद

sajilo news
रासस
२०८३ कार्तिक १६ गते , आईतबार
भद्रपुरबाट ५ लाख ४० हजार रुपैयाँभन्दा बढीको पटाका बरामद

झापाको भद्रपुरबाट नेपालमा प्रतिबन्धित बारुदजन्य पटाका बरामद गरिएको छ। भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ५ लाख ४० हजार ८१९ रुपैयाँ बराबरका पटाका बरामद गरेको हो।

सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत बीओपी महेशपुरबाट खटिएको मोटरसाइकल गस्ती टोलीले आइतबार भद्रपुर नगरपालिका–३ स्थित किचकबध क्षेत्रको भागबारी उत्तर मेची नदीको सीमावर्ती इलाकाबाट पाँच बोरा पटाका बरामद गरेको जनाएको छ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको बरामद पटाका भारतीय कारोबारी मुन्नाको रहेको बताइएको छ। स्थानीय स्रोतका अनुसार मुन्ना समूहले उक्त क्षेत्रबाट ठूलो परिमाणमा अवैध सामान नेपाल भित्र्याउँदै आएको छ।

उक्त समूहले पृथ्वीनगर बीओपीका केही सुरक्षाकर्मीसँगको मिलेमतोमा अवैध कारोबार सञ्चालन गर्दै आएको आरोपसमेत लागेको छ। बरामद गरिएका पटाका प्रचलित कानुनबमोजिम नष्ट गर्ने प्रक्रियामा रहेको जनाइएको छ । 

सम्बन्धित समाचार