२०८३ कार्तिक २६ गते , बुधबार
झापाको गौरीगंजमा लागूऔषधसहित दुईजना पक्राउ
झापाको गौरीगंजमा लागू औषधसहित दुईजना पक्राउ परेका छन् । गएराति १० बजे गौरीगंज-२ आँपगाछीमा प्रहरी चौकी कारोबारी र इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही ठाउँ बस्ने वर्ष २८ का विजय राजवंशी र शिवसताक्षी ६ बस्ने ओमनारायण राजवंशीलाई शङ्का लागेर चेकजाँच गर्दा ओमनारायण राजवंशीले लगाएको चप्पलभित्र लुकाएको लागूऔषध ब्राउन सुगर बरामद भएको थियो ।
उक्त लिसाईलो पदार्थ डिजिटल तराजुमा नापतौल गर्दा प्लास्टिक सहित ९ ग्राम ३२० मिलिग्राम र प्लास्टिकबाहेक ७ ग्राम ३४० मिलिग्राम फेला परी लागू औषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।