२०८३ कार्तिक २६ गते , बुधबार

शिवसताक्षीमा बिजुलीको ट्रान्सफर्मर चोरी

sajilo news
झापा
२०८३ कार्तिक १४ गते , शुक्रबार
शिवसताक्षीमा बिजुलीको ट्रान्सफर्मर चोरी

झापाको शिवसताक्षीमा बिजुलीको ट्रान्सफर्मर चोरी भएको छ । बुधवार राति शिवसताक्षी –९ संगम चोकमा रहेको संगम खानेपानी उपभोक्ता समिति कार्यालयको कम्पाउन्डभित्र बिद्युत् प्राधिकरणले जडान गरेको ट्रान्सफर्मर चोरी भएको हो । पोलबाट ट्रान्सफर्मर खोलेर जमिनमा राखी ट्रान्सफर्मरभित्रको पार्टपुर्जाहरू चोरेर लगेको प्रहरीले जनाएको छ ।

घटनाबारे हिजो बिहान जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएको थियो। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार