२०८३ कार्तिक २६ गते , बुधबार

भन्सार छलीको सामानसहित ३ जना पक्राउ

sajilo news
रासस
२०८३ कार्तिक १३ गते , विहीबार
भन्सार छलीको सामानसहित ३ जना पक्राउ

सुनसरी । धरानबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी ल्याइएको रु नौ लाख ८२ हजार ५० हजार बराबरको किराना तथा खाद्यान्न सामग्रीसहित पक्राउ गरिएको हो ।

इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान प्रहरीले फेला पारेको थियो ।

इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तीनकुनेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा विराटनगर महानगरपालिका–४ का २५ वर्षीय चालक प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय सहचालक भूपेन्द्र राजवंशी र सोही ठाउँका सहचालक कात्तिक राजवंशीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका, सुचना अधिकारी चन्द्रबहादुर खड्काले बरामद गरिएको सामान, मिनी ट्रक र पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको जानकारी दिए ।

कपिलवस्तुमा सात लाखभन्दा बढीका अवैध सामान बरामद कपिलवस्तुः सशस्त्र प्रहरी बल नेपालले कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट सात लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ ।

सम्बन्धित समाचार