२०८३ कार्तिक २६ गते , बुधबार

झापामा अवैध सुर्तीसहित अटो र दुईजना नियन्त्रणमा

sajilo news
झापा
२०८३ कार्तिक १३ गते , विहीबार
झापामा अवैध सुर्तीसहित अटो र दुईजना नियन्त्रणमा

झापाको अर्जुनधारामा अवैध सुर्तीसहित अटो र दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ ७ः३० बजे अर्जुनधारा-११ लक्ष्मीधापस्थित भित्री सडक खण्डमा धुलाबारीबाट माता मन्दिरतर्फ आउँदै गरेको मे १ ह ४९१५ नम्बरको अटोलाई अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद मण्डलको कमान्डमा खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा ४ बोरा खुल्ला अवैध मडुवा सुर्ती बरामद भएको थियो ।

सो अवैध सुर्तीसहित अटो, अटो चालक बिर्तामोड ५ फूलबारी बस्ने ३६ वर्षीय टिकाराम राई, सुर्ती धनी पाँचथर फिदिम ४ बस्ने ३५ वर्षीय धनबहादुर थापा र उनले चलाएको इभी अनटेस्ट स्कुटर नियन्त्रणमा लिएको हो । ती सामानसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

सम्बन्धित समाचार