२०८३ कार्तिक २६ गते , बुधबार

दशैँ अवधिमा झापामा दुर्घटनाबाट ४ जनाको ज्यान गयो, १४७ घाइते

sajilo news
झापा
२०८३ कार्तिक ११ गते , मंगलबार
दशैँ अवधिमा झापामा दुर्घटनाबाट ४ जनाको ज्यान गयो, १४७ घाइते

दशैँको अवधिमा झापामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गत असोज २५ देखि कात्तिक ९ गतेसम्म जिल्लाभर भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको हो । त्यस्तै १४७ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जना गम्भीर र १३८ जना सामान्य छन् ।

दशैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा भने १२४ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक हजार ३३९ सवारी दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको जानकारी दिए ।

दुई हजार ९८८ जना घाइते भएका छन् । घाइतेमध्ये ४३७ जना गम्भीर र दुई हजार ५५१ जना सामान्य घाइते भएका छन्। उक्त अवधिमा सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा ३९७ वटा भएका छन् भने सबैभन्दा कम मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन्।

सम्बन्धित समाचार