२०८३ कार्तिक २६ गते , बुधबार

भद्रपुरमा दाजुभाइबीच विवाद, छुरा प्रहारबाट भाइ घाइते

sajilo news
झापा
२०८३ कार्तिक १० गते , सोमबार
भद्रपुरमा दाजुभाइबीच विवाद, छुरा प्रहारबाट भाइ घाइते

झापाको भद्रपुरमा दाजुले छुरा प्रहार गरी आफ्‌नै भाइलाई घाइते बनाएका छन् । गएराति १०ः२० बजे भद्रपुर नगरपालिका-५ सुन्दर बस्ती बस्ने ३२ वर्षीय कुबराज हस्दाले आफ्‌नै भाइ ३० वर्षीय बाबुलाल हस्दालाई सामान्य विषयमा भनाभन भई विवाद हुँदा धारिलो हतियार छुरा प्रहार गरेका हुन् ।

घाँटीको पछाडि भाग र गालामा काटिएका घाइते बाबुलालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । प्रहरीले छुरा नियन्त्रणमा लिएको छ । छुरा प्रहार गर्ने कुबराज हस्दा तत्काल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार