२०८३ कार्तिक २६ गते , बुधबार
झापाको शिवसताक्षीमा लाइट डिजल आयलमा आगलागी
झापाको शिवसताक्षी नगरपालिका-१० टेग्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिको लाइट डिजल आयलको स्टकमा आगलागी भएको छ । आज साँझ पौने ७ बजेतिर विद्युत् सर्ट भएर आगलागी भएको हो । कालोपत्रे गर्नका लागि त्यहाँ साढे ९ हजार लिटर लाइट डिजेल आयल स्टक गरिएको थियो । आगलागीबाट एउटा ट्रकमा समेत क्षति पुगेको छ । को–प्र– ०१०० क १८०० नम्बरको ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।