२०८३ कार्तिक २६ गते , बुधबार

बैङ्किङ कसुरमा बिर्तामोडका गिरी पक्राउ

sajilo news
झापा
२०८३ कार्तिक ९ गते , आईतबार
बैङ्किङ कसुरमा बिर्तामोडका गिरी पक्राउ

बैङ्किङ कसुरमा झापा बिर्तामोडका गोपीचन्द्र गिरी पक्राउ परेका छन् । हिजो बेलुका इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बिर्तामोड- ५ बस्ने ७२ वर्षीय  गिरीलाई पक्राउ गरेको हो । २५ लाख रुपैयाँको बैङ्किङ कसुर सम्बन्धी चालु मुद्दाका प्रतिवादी गिरीलाई पक्राउ गरी बिर्तामोड प्रहरीको हिरासतमा राखिएको थियो ।

यसैबीच आज बिहानको राति १२.३० बजे उनको छातीमा समस्या भई बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई बिर्तासिटि अस्पताल लगेर बेड भर्ना गराई उपचार भइरहेको जनाइएको छ । होटल व्यवसायी गिरी बिर्तामोड नगरपालिकाका पूर्व जनप्रतिनिधि हुन् ।

सम्बन्धित समाचार