२०८३ कार्तिक २६ गते , बुधबार

विजयादशमीको तेस्रो दिन : आज पनि मान्यजनका हातबाट टीका लगाईँदै

sajilo news
झापा
२०८३ कार्तिक ७ गते , शुक्रबार
विजयादशमीको तेस्रो दिन : आज पनि मान्यजनका हातबाट टीका लगाईँदै

विजयादशमी अन्तरगत टीकाको तेस्रो दिन आज पनि टीका र जमरा लगाईँदैछ। आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादशैँ मनाइँदै छ।

बुधबार बडादशैँको मुख्य दिन अर्थात् विजयादशमी रहेको थियो । त्यसैले विजयादशमीको दिन टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर टीका थापिरहेका छन् ।

बडादशैँको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रही आएको छ । आज पनि टीका लगाउने र लगाइदिने एवं आशीर्वाद लिनेरदिने क्रम जारी नै रहेकाले काठमाडौंमा चहलपहल बढ्न थालेको छ। 

सम्बन्धित समाचार