२०८३ कार्तिक २६ गते , बुधबार

आज विजया दशमी : नवदुर्गाको प्रसाद मान्यजनको हातबाट ग्रहण गरिँदै

sajilo news
झापा
२०८३ कार्तिक ५ गते , बुधबार
आज विजया दशमी : नवदुर्गाको प्रसाद मान्यजनको हातबाट ग्रहण गरिँदै

बडादशैँको मुख्य दिन विजयादशमी । नवरात्रमा पूजा गरिएकी देवी नवदुर्गाको प्रसाद टिका-जमरा बुधबार बिहान मान्यजनको हातबाट लगाइँदैछ। 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टिका लगाउन उत्तम साइत १० बजेर २६ मिनेटमा रहेको जनाएको छ। सर्वसाधरणका लागिदेवीको प्रसाद ग्रहण गर्न विशेष साइत हेरिरहनु धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। चन्द्रमा कुम्भ राशिमा रहेकाले टिका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने उनले बताए।

विजया दशमीका दिन दशैँघर र शक्तिपीठमा नौ दिनसम्म आराधना गरिएकी नवदुर्गाको विसर्जन गरी मान्यजनबाट टीका जमरा थाप्ने गरिन्छ। बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको साइत रहेको छ।

नवरात्र नौ दिनको दशैँ १० दिनको हुने भए पनियो वर्ष अष्टमी दुई दिन परेकाले घटस्थापनाको ११ औँ दिनमा विजयादशमी परेको हो। कतिपय स्थानमा विजयादशमीका दिनमात्रै टिका लगाइने भए पनि धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म टिका लगाउने चलन छ। घरमाबुबाआमालगायतको हातबाट टिका थापेर मावली, ससुराली आदि नातासम्बन्धीकहाँ टिका लगाउने गरिन्छ। 

सम्बन्धित समाचार