२०८३ कार्तिक २६ गते , बुधबार

मोटरसाइकल चालकलाई कुटपिट गरी चार लाख रुपैयाँ लुटपाट

sajilo news
झापा
२०८३ कार्तिक ४ गते , मंगलबार
मोटरसाइकल चालकलाई कुटपिट गरी चार लाख रुपैयाँ लुटपाट

ओखलढुङ्गामा चार जनाको समूहले मोटरसाइकल चालकलाई कुटपिट गरी चार लाख ३५ हजार रुपैयाँ लुटेको छ । सोमबार साँझ ६:२० बजे को खिजीदेम्बा गाउँपालिका–१  मा काठमाडौँबाट आउँदै गरेका सोही गाउँपालिका-२ का ३३ वर्षीय सविन रोकालाई नाम, थर र वतन नखुलेका चार जनाले मोटरसाइकल रोकेर लुटपाट गरेका हुन् । उनीहरूले लिफ्ट माग्ने बहानामा मोटरसाइकल रोकेका थिए ।

रोकाले बोकेको रातो झोलामा रहेको नगद चार लाख ३५ हजार रुपैयाँसहित ट्र्याकसुट एक थान, हेल्मेट एक थान, महिलाले लगाउने स्वेटर एक थान, प्याज एक किलो र टमाटर एक किलोसमेत लुटेर लगेका छन् ।

लुटपाटका क्रममा कुटपिट हुँदा रोकाको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  प्रहरीले घटनाको अनुसन्धान तथा लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ । 

सम्बन्धित समाचार