२०८३ कार्तिक ४ गते , मंगलबार
भद्रपुरमा कटुवा पेस्तोलसहित होटेल सञ्चालक पक्राउ
झापाको भद्रपुरमा कटुवा पेस्तोलसहित एक होटेल सञ्चालक पक्राउ परेका छन् । हल्दिबारी गाउँपालिका-५ घर भई हाल भद्रपुर नगरपालिका-५ स्थित वधशालामा खाजा नास्ताको साजन होटेल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बू पेस्तोलसहित पक्राउ परेका हुन् ।
उनको साथमा हतियार रहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले लिम्बूको कोठा खानतलासी गर्दा उनी सुत्ने बेडमुनि लुकाइछिपाइ राखेको अवस्थामा कटुवा पेस्तोल फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।