२०८३ कार्तिक ४ गते , मंगलबार
शिवसताक्षीमा एक लागूऔषध कारोबारी पक्राउ
झापाको शिवसताक्षीमा एक लागूऔषध कारोबारी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले आज बिहान १०:३० बजे शिवसताक्षी नगरपालिका-११ मा डेरा गरी बस्दै आएका ४८ वर्षीय बमबहादुर लिम्बूको साथबाट प्लास्टिकसहित १३ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
बाह्रदशी-६ बिहीवारे घर भई लिम्बू त्यहाँ डेरा लिई बस्दै आएका थिए । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।