यस्तो रहने छ दशैँको मौसम, पर्ला त पानी ?
यसपालिको दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने भएको छ। मौसम विज्ञान विभागले आज एक दशैँ विशेष मौसम बुलेटिन जारी गर्दै कतैकतै हल्का देखि मध्यमसम्म वर्षा हुन सक्ने भए पनि ठूलो बदलीको अवस्था नरहेको स्पष्ट पारेको छ। साताको सुरुवाती दिनमा केही बदली देखिएपनि विस्तारै खुल्दै जाने पनि जनाइएको छ।
हालको मौसम विश्लेषण अनुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकोले यस वर्षको दशैँ अवधिभर पश्चिमी वायूको आंशिक प्रभाव मात्र रहने जनाइएको छ।
२०८३ असोज ३१ गते शनिबार, फूलपाती
दिउँसोः कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ , लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना छ।
रातिः देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
२०८३ कार्तिक ०१ गते आइतबार, अष्टमी
दिउँसोः देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना छ।
रातिः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
२०८३ कार्तिक ०२, ०३ र ०४ गते अष्टमी, नवमी र दशमी
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।