२०८३ कार्तिक १ गते , शनिबार

झापामा आँखाको उपचार गराउन आउँदै गरेका भारतीय युवक गोलीसहित पक्राउ

sajilo news
झापा
२०८३ आश्विन ३० गते , शुक्रबार
झापामा आँखाको उपचार गराउन आउँदै गरेका भारतीय युवक गोलीसहित पक्राउ

झापामा आँखाको उपचार गराउन बिरामी लिएर आउँदै गरेको एम्बुलेन्सबाट गोली बरामद भएपछि एक भारतीय युवक पक्राउ परेका छन्।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत काँकडभिट्टा पानीट्यांकी नाकामा भारतीय सुरक्षा बल (एसएसबी) ले एम्बुलेन्स जाँच गर्ने क्रममा ९ एमएमको एक राउन्ड प्रयोग (नभएको गोली (कारतुस) बरामद गरेको हो। गोलीसहित पक्राउ पर्नेमा भारतको मणिपुर निवासी २० वर्षीय युवक रहेका छन्।

उनी आँखाको उपचार गराउन बिरामी लिएर झापा आउँदै गरेको एम्बुलेन्समा सवार थिए। एम्बुलेन्स जाँचका क्रममा गोली फेला परेपछि भारतीय प्रहरीले युवकलाई नियन्त्रणमा लिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार