२०८३ कार्तिक १ गते , शनिबार

कलंकीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु

sajilo news
काठमाडौं
२०८३ आश्विन २९ गते , विहीबार
कलंकीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु

काठमाडौंको कलंकीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ का रोशन पाख्रिन घाइते भएका थिए।

कुटपिटबाट बेहोस भएका रोशनलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। पक्राउ परेका अन्य दुई जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन।

सम्बन्धित समाचार