२०८३ कार्तिक १ गते , शनिबार

मिजोरमबाट नेपाल ल्याइँदै गरेका दुई नाबालिकाको उद्धार, भुटानी नागरिक पक्राउ

sajilo news
पार्थ मण्डल
२०८३ आश्विन २६ गते , सोमबार
मिजोरमबाट नेपाल ल्याइँदै गरेका दुई नाबालिकाको उद्धार, भुटानी नागरिक पक्राउ

झापा ।  नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत काँकडभिट्टा–पानीट्यांकी नाकामा मानव तस्करीको आरोपमा एक भुटानी नागरिक पक्राउ परेका छन् । रोजगारीको प्रलोभन देखाएर दुई नाबालिकालाई मिजोरमबाट नेपाल ल्याउने योजना बनाएको आरोपमा भुटानी नागरिक महेश भुरालाल तन्नालाई सशस्त्र सीमा बल ९एसएसबी० को ४१औँ बटालियन टोलीले पक्राउ गरेको हो ।

प्राप्त जानकारीअनुसार, आइतबार सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिहरूको ९परिचयपत्र० कागजात जाँच गर्ने क्रममा एसएसबीका जवानलाई महेशमाथि शंका लागेको थियो । त्यसपछि उनीसँग सोधपुछ गर्दा विभिन्न विवरणमा असंगति भेटिएपछि नियन्त्रणमा लिइएको जनाइएको छ । घटनाको अनुसन्धानका क्रममा अर्की एक नाबालिका पनि फेला परेकी थिइन् । एसएसबी, प्रहरी तथा एक स्वयंसेवी संस्थाको सहयोगमा उनलाई सिलिगुडीबाट उद्धार गरिएको बताइएको छ ।

एसएसबी स्रोतका अनुसार महेशले रोजगारीको प्रलोभन देखाएर दुवै नाबालिकालाई मिजोरमबाट नेपाल ल्याई मानव तस्करी गर्ने योजना बनाएका थिए । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि खोरीबारी प्रहरी थानाको जिम्मा लगाइएको छ । प्रहरीले उनीविरुद्ध मानव तस्करीको आरोपमा मुद्दा दर्ता गरेको जनाएको छ । पक्राउ परेका महेशलाई सोमबार सिलिगुडी अदालतमा पेस गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार