२०८३ कार्तिक १ गते , शनिबार

झापा बजारको सुन पसलबाट गरगहना चोरी

sajilo news
झापा
२०८३ आश्विन २४ गते , शनिबार
झापा बजारको सुन पसलबाट गरगहना चोरी

झापा गाउँपालिका–२ स्थित झापा बजारमा आज साँझ गरगहना चोरी भएको छ। राज ज्वेलर्सका सञ्चालक राजकुमार सोनारका अनुसार आफ्‌नो पसलबाट दसैँका लागि तयार पारिएका तथा ग्राहकले बनाउन अर्डर दिएका गरी करिब ४ देखि ५ केजी चाँदीका गरगहना चोरी भएको हो ।

सञ्चालक सोनार केही समयका लागि पसल छाडेर नजिकै सब्जी किन्न गएको समयमा चोरी भएको हो । सोनारका अनुसार साँझ करिब ५ः४५ बजे पाँच मिनेटभित्रै पसलबाट भएभरका सबै गरगहना गायब भएको हो ।

दसैँका लागि तयार पारिएका गरगहना र ग्राहकले अर्डर दिएका गरगहना चोरी भएपछि आफूलाई ठूलो क्षति पुगेको सञ्चालक सोनारले बताएका छन्। चोरी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार