२०८३ कार्तिक २ गते , आईतबार

झापाको बेलडाँगी शिविरमा कुटपिट, तीनमहिने शिशुको मृत्यु

sajilo news
झापा
२०८३ आश्विन २३ गते , शुक्रबार
झापाको बेलडाँगी शिविरमा कुटपिट, तीनमहिने शिशुको मृत्यु

झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शरणार्थी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटबाट तीन महिनाका शिशुको मृत्यु भएको छ।

असोज २३ गते दिउँसो करिब १ः२० बजे शिविरको सेक्टर डी–२ मा घरायसी विषयलाई लिएर परिवारका सदस्यबीच विवाद हुँदा शिशुको मृत्यु भएको हो।

प्रहरीका अनुसार ६८ वर्षीय मनबहादुर तामाङ, उनकी ६२ वर्षीया श्रीमती आशा तामाङ, ३४ वर्षीय छोरा फुर्बा सिंह तामाङ र ३८ वर्षीया बुहारी बिमला भारतीबीच घरायसी विषयलाई लिएर झैँझगडा भएको थियो। सोही क्रममा मनबहादुरले बुहारी बिमलालाई कुटपिट गर्दा उनको काखमा रहेका तीन महिनाका छोरा सामेल तामाङलाई भित्री चोट लागेको प्रहरीले जनाएको छ।

घाइते शिशुलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो। तर, दिउँसो २ः०५ बजे उपचारकै क्रममा शिशुको मृत्यु भएको हो। घटनामा संलग्न चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार