२०८३ कार्तिक १ गते , शनिबार

मेचीनगरमा तास र नगदसहित पाँच जना जुवाडे पक्राउ

sajilo news
झापा
२०८३ आश्विन २३ गते , शुक्रबार
मेचीनगरमा तास र नगदसहित पाँच जना जुवाडे पक्राउ

झापाको मेचीनगरमा तास र नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन् । आज साँझ ५ः१५ बजे मेचीनगर नगरपालिका-१ तिरिङ खोलास्थित झलक राउतको गाई गोठमा अवैध तास जुवा खेलिरहेको अवस्थामा जुवाडेहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मेचीनगर–४ बाहुनडाँगी बस्ने वर्ष ५८ का भवानीप्रसाद गुरागाईँ, वडा नं. १ गाडागल्ली बस्ने वर्ष ५४ का पुरुषोत्तम बराल, वडा नं. ३ मन्दिर टोल बस्ने वर्ष ४८ का किशोर गोले, वडा नं. ५ माङहिम टोल बस्ने वर्ष ३८ का डम्बरबहादुर गिरी र वडा नं. २ रामनगर बस्ने वर्ष ३० का प्रकाश राई रहेका छन् ।

उनीहरूको साथबाट नगद ४४ हजार ३५५ र ७ बुङ तास बरामद भएको छ । उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार