२०८३ कार्तिक १ गते , शनिबार

प्रादेशिक अस्पताल भद्रपुरको इमरजेन्सी वार्ड इन्चार्जमा अमन ठाकुर

sajilo news
झापा
२०८३ आश्विन २२ गते , विहीबार
प्रादेशिक अस्पताल भद्रपुरको इमरजेन्सी वार्ड इन्चार्जमा अमन ठाकुर

भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरको इमरजेन्सी वार्ड इन्चार्जको जिम्मेवारी अमन कुमार ठाकुरलाई तोकिएको छ। अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. संजय कुमार गुप्ताका अनुसार अस्पताल प्रशासनले असोज १९ गते पत्र जारी गर्दै पाँचौ तहका हेल्थ अस्सिटेन्ट ठाकुरलाई इमरजेन्सी वार्डको इन्चार्जको जिम्मेवारी तोकेका हुन्।

असोज २० गतेदेखि लागू हुने गरी ठाकुरलाई इमरजेन्सी वार्डको वार्ड इन्चार्जको जिम्मेवारी दिइएको उल्लेख छ। उनलाई आवश्यक तयारी तथा समन्वयका लागि जानकारी गराउँदै तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्न आग्रह गरिएको छ। ठाकुर साढे तीन बर्षदेखि अस्पतालमा कार्यरत छन् ।  अस्पताल प्रशासनले इमरजेन्सी सेवाको प्रभावकारी व्यवस्थापन तथा समन्वयका लागि उनलाई उक्त जिम्मेवारी दिएको जनाएको छ।

सम्बन्धित समाचार