२०८३ आश्विन १४ गते , बुधबार

जापानमा भद्रपुरकी लक्ष्मी हत्या प्रकरण : सन्जुविरुद्ध अभियोग दर्ता, दुई रिहा

sajilo news
झापा
२०८३ आश्विन १४ गते , बुधबार
जापानमा भद्रपुरकी लक्ष्मी हत्या प्रकरण : सन्जुविरुद्ध अभियोग दर्ता, दुई रिहा

जापानको फुकुओकामा झापा भद्रपुरकी २५ वर्षीया लक्ष्मी राजवंशीको हत्या भएको घटनामा पक्राउ परेकी २८ वर्षीया सन्जु तामाङविरुद्ध प्रहरीले मंगलबार हत्या अभियोग दर्ता गरेको छ।

जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार घटनाको रात लक्ष्मीमाथि घरभित्रै भाँडाले टाउकोमा पटक–पटक प्रहार गरिएको र त्यसपछि घाँटीमा डोरी बाँधेर तेस्रो तलाबाट नदीतर्फ खसालिएको आरोप सन्जुमाथि लगाइएको छ। नदीमा खसेपछि डुबेर लक्ष्मीको मृत्यु भएको प्रहरीको दाबी छ।

यस घटनामा सन्जुसहित तीन नेपाली पक्राउ परेका थिए। तर अनुसन्धानपछि अन्य दुई जनालाई अभियोग नलगाई रिहा गरिएको जनाइएको छ। घटनाको कारण व्यक्तिगत सम्बन्धसँग जोडिएको विवाद हुनसक्ने कोणबाट प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यता लक्ष्मीको शव नेपाल ल्याएर दाहसंस्कार गरिसकिएको छ । 

सम्बन्धित समाचार