२०८३ आश्विन ९ गते , शुक्रबार

मेचीनगरमा एक लागूऔषध कारोबारी पक्राउ

sajilo news
झापा
२०८३ आश्विन ९ गते , शुक्रबार
मेचीनगरमा एक लागूऔषध कारोबारी पक्राउ

भारतबाट लागूऔषध लिएर आउँदै गर्दा झापाको मेचीनगरमा एक कारोबारी पक्राउ परेका छन् । आज बिहान १०.३० बजे मेचीनगर नगरपालिका-६ फायरिङ चोकमा लागूऔषध नियन्त्रण व्यूरो शाखा काँकडभिट्टाले लागूऔषधसहित मेचीनगर-१२ कालिझोडा बस्ने २६ वर्षीय सरोज थापा मगरलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्लास्टिकसहित ७ ग्राम १४० मिलिग्राम र प्लास्टिक बाहेक ६ ग्राम २८० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

सम्बन्धित समाचार