२०८३ आश्विन ४ गते , आईतबार

जेन्जी आन्दोलनमा काठमाडौंबाट फरार कैदी झापामा पक्राउ

sajilo news
झापा
२०८३ आश्विन ४ गते , आईतबार
जेन्जी आन्दोलनमा काठमाडौंबाट फरार कैदी झापामा पक्राउ

जेन्जी आन्दोलनमा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौंबाट फरार कैदी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ सिदिङवा गाउँपालिका वडा नं।२ हुँसेसाँगु बस्ने २७ वर्षीय राजकुमार लिम्बू रहेका छन् । जबरजस्ती करणीको अभियोगमा उनले कैद सजाय भोगिरहेकोमा गत वर्ष भदौ २४ गतेको जेन्जी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए ।

दमक नगरपालिका वडा नं।६ मा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी निरीक्षक प्रमोद खड्काको टोलीले हिजो साँझ ७ बजे उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा काभ्रेपलान्चोक जिल्ला अदालतबाट मिति २०७९ असार २२ गते उनलाई १८ वर्ष कैद, रु।१ लाख क्षतिपूर्ति र रु।२ हजार २०० पीडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला सुनाइएको थियो ।

सम्बन्धित समाचार