२०८३ भाद्र ३१ गते , बुधबार
इरानबाट उडान भर्नेक्रममा विमानको एउटा टायर पड्किएपछि...
इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ। उडान भर्ने क्रममा विमानको एउटा टायर पड्किएको थियो।
‘यूओएल’का अनुसार सफरान एयरलाइन्सको बोइङ ७३७ विमानको टायर पड्किएपछि इन्जिनमा समेत क्षति पुगेको थियो। त्यसपछि पाइलटले विमानलाई सुरक्षित रूपमा पुनः मशहद विमानस्थल फर्काएका थिए।
विमान मशहदबाट केर्मानशाह तर्फ उडेको थियो। विमानमा सवार सबै यात्रुलाई सुरक्षित रूपमा ओरालिएको र कोही पनि घाइते भएको खबर छैन।
घटना स्थानीय समयअनुसार सेप्टेम्बर १५ को बेलुका ५ः३९ बजे भएको हो। इरानी समाचार एजेन्सी ‘आख्रिन खबर’ले घटनाको भिडियो सार्वजनिक गरेको छ। भिडियोमा अवतरणका क्रममा विमानको छतको भित्री भाग फुटेर यात्रुमाथि खसेको देखिन्छ।