२०८३ भाद्र २६ गते , शुक्रबार
बीएण्डसी कलेजमा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु
झापाको बीएण्डसी मेडिकल कलेजमा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला करैयामाई गाउँपालिका-८ निवासी २५ वर्षीय सञ्जय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार दिउँसो ३ः३० बजे मेचीनगर नगरपालिका-१२ धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेज चारआलीमा काम गर्ने चौधरीले कलेजबाट बिजुलीको लाइन तानेर नजिकै रहेको झिलिमिले नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
घाइते चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा साँझ साढे ६ मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय धुलाबारीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।