२०८३ भाद्र २३ गते , मंगलबार

स्पेन पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा बिर्तामोडका गुरुङ पक्राउ

sajilo news
झापा
२०८३ भाद्र २३ गते , मंगलबार
स्पेन पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा बिर्तामोडका गुरुङ पक्राउ

स्पेन लैजाने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा बिर्तामोडका एक व्यक्ति पक्राउ परेका छन् ।  बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि स्पेन लैजाने भन्दै बिर्तामोड नगरपालिका १० घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा ६ मा बस्दै आएका ४६ वर्षीय उत्तम गुरुङ पक्राउ परेका हुन् ।  उनलाई भदौ १९ गते काठमाडौँ १० बाट पक्राउ गरिएको हो । उनले स्पेन पठाउने भन्दै तीन जनाबाट १५ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको हो ।

आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि स्पेन लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा  गुरुङलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

सम्बन्धित समाचार