२०८३ भाद्र २० गते , शनिबार

नग्न तस्बिर सार्वजनिक गरिदिने भन्दै महिलासँग १० लाख असुल्ने युवक पक्राउ

sajilo news
झापा
२०८३ भाद्र २० गते , शनिबार
नग्न तस्बिर सार्वजनिक गरिदिने भन्दै महिलासँग १० लाख असुल्ने युवक पक्राउ

नग्न तस्बिर तथा भिडिओ सार्वजनिक गर्ने धम्की दिएर महिलासँग झन्डै १० लाख असुलेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका १ घर भई हाल काठमाडौँको कीर्तिपुर नगरपालिकामा पर्ने सल्यानथान बस्ने २३ वर्षीय कमलबहादुर बुढा छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनले सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफू ‘ह्याकर’ भएको भन्दै नग्न तस्बिर तथा भिडिओ आफूसँग रहेको र रकम नदिए भन्दै सार्वजनिक गर्ने धम्की दिँदै ९ लाख ९५ हजार रुपैयाँ असुलेका थिए ।

सो सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्रेको हो । आपराधिक लाभसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौँले शुक्रबार जनाएको छ ।

सम्बन्धित समाचार