२०८३ भाद्र ३ गते , बुधबार
अडिटर खड्ग नारायण राजवंशीलाई पितृ शोक
भद्रपुर । अडिटर खड्ग नारायण राजवंशीलाई पितृ शोक परेको छ । उनको बुबाको भद्रपुर नगरपालिका–५ गिरी चोक निवासी ८८ वर्षीय झारु राजवंशीको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको हो।
राजवंशीको भारतको सिलिगुडीस्थित नियोटिया गेटवेल अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। झारुका छोराहरू अडिटर खड्ग नारायण राजवंशी र शम्भु नयन राजवंशी रहेका छन्। खड्ग नारायण राजवंशी के.एन. राजवंशी एन्ड कम्पनीका सञ्चालक हुन ।
निधन भएका राजवंशीको पार्थिव शरीर आज दिउँसो घर ल्याएर धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारले जनाएको छ। राजवंशीको निधनले परिवार, आफन्त तथा शुभेच्छुकहरूमा शोक छाएको छ।