२०८३ भाद्र ३ गते , बुधबार

आँखा अस्पताल छेऊका होटलबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

sajilo news
झापा
२०८३ भाद्र २ गते , मंगलबार
आँखा अस्पताल छेऊका होटलबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

झापाको बिर्तामोड-३ सैनिकमोडस्थित मेची आँखा अस्पतालनजिक रहेको एक होटलबाट लागू औषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

हिजो दिउँसो १.४५ बजे विशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उमानन्द होटेल एन्ड लजबाट भारत बिहार सुपौल जिल्ला भीमपुर बालुवाबजारका मोहम्मद तोहिदलाई लागू औषधसहित पक्राउ गरेको हो । उनको साथबाट ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका– १ का ४९ वर्षीय सुन्दरलाल चौधरी गाँजासहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय हरैचाले उनकै घरबाट ३ किलो ७६० ग्राम गाँजा र नगद २ लाख ७१ हजार सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार