२०८३ भाद्र १ गते , सोमबार

बाह्रदशीमा ब्राउन सुगरसहित तीनजना पक्राउ

sajilo news
झापा
२०८३ श्रावण ३१ गते , आईतबार
बाह्रदशीमा ब्राउन सुगरसहित तीनजना पक्राउ

झापाको बाह्रदशीमा ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज  बाह्रदशी गाउँपालिका ३ बाट ब्राउन सुगर खरिद विक्री गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा झापा कचनकवल गाउँपालिका १ ठेगाना भएका २० वर्षीय प्रकाश हरिजन, बाह्रदशी गाउँपालिका ३ बस्ने २१ वर्षीय मनिस राजवंशी र सोही ठाउँका २३ वर्षीय फागुलाल राजवंशी रहेका छन् ।

उनीहरूको साथबाट १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर , एक थान डिजिटल तराजु र दुई थान मोबाइल बरामद भएको छ । तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।

सम्बन्धित समाचार