२०८३ श्रावण २४ गते , आईतबार

सुधार केन्द्रमा रहेका एक पुरुषको मृत्यु

sajilo news
झापा
२०८३ श्रावण २४ गते , आईतबार
सुधार केन्द्रमा रहेका एक पुरुषको मृत्यु

धनुषाको धनुषाधाम नगरपालिका-९ स्थित शुभेच्छा फाउन्डेसन सुधार केन्द्रमा रहेका एक पुरुषको शनिबार साँझ मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार गणेशमान चारनाथ नगरपालिका- ४ का अन्दाजी ३५ वर्षीय मजिबुल राइनको मृत्यु भएको हो।

प्रवक्ता न्यौपानेका अनुसार राइनलाई अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरिएको हो । मृतक राइनको शरीरमा निलडाम देखिएको छ। प्रवक्ता न्यौपानेले शवको पोस्टमार्टम भइरहेको र त्यसबाट थप खुल्ने बताए ।

मृतकका आफन्तले राति सडक अवरुद्ध गरी प्रदर्शन गरेका थिए । राइनलाई कुटपिट गरिएको र त्यस कारण मृत्यु भएको आफन्तको आरोप छ ।

सम्बन्धित समाचार