२०८३ श्रावण २२ गते , शुक्रबार
भद्रपुरको दमकल मर्मतमा पठाइयो, सेवा अस्थायी रूपमा बन्द
भद्रपुर । भद्रपुर नगरपालिकाले अत्यावश्यक वारुणयन्त्र (दमकल) सेवा केही समयका लागि बन्द रहने जनाएको छ । नगरपालिकाले बिहीबार सूचना जारी गर्दै वारुणयन्त्र बिग्रिएपछि मर्मत गर्नुपर्ने भएकाले आजदेखि मर्मत कार्यमा पठाइएको र मर्मत भई पुनः सञ्चालनमा नआएसम्म सेवा बन्द रहने जनाएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासनिक अधिकृत मनिषा श्रेष्ठद्वारा जारी सूचनामा सेवा अवरुद्ध हुँदा सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति नगरपालिकाले क्षमायाचना समेत गरेको छ। दमकल सेवा अवरुद्ध रहेकाले आगलागी वा अन्य विपद्का घटनामा सम्बन्धित सुरक्षा निकाय तथा छिमेकी स्थानीय तहसँग आवश्यक समन्वय गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने देखिएको छ। नगरपालिकाले मर्मत कार्य सकेपछि सेवा पुनः सञ्चालन गरिने जनाएको छ।