२०८३ श्रावण १८ गते , सोमबार
झापामा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु
झापाको कनकाईमा पिकअप गाडीको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । आज बिहान साढे ६ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-४ स्थित कोटीहोममा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५१०४ नम्बरको पिकअपले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेका कनकाई-४ का अन्दाजी ७० वर्षका प्रह्लाद शिवाकोटीलाई ठक्कर दिएको थियो ।
घाइतेलाई उपचारका लागि बिर्तामोडतर्फ ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको हो । घाइतेलाई प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । ठक्कर दिने पिकअप र त्यसका चालक चालक इलाम सूर्योदय नगरपालिका- ३ का वर्ष ३३ का अरुण शर्मालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।