२०८३ श्रावण १६ गते , शनिबार
मोरङमा साइकलबाट लडेर एक वृद्धाको मृत्यु
मोरङमा साइकलबाट लडेर एक जना वृद्धाको मृत्यु भएको छ । कटहरी गाउँपालिका–३ मा दुर्घटना भएको हो । साइकलबाट लडेर कटहरी–३ राजवंशी टोलका ८७ वर्षीय अजयकुमार राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । साइकलमा घरतर्फ जाने क्रममा अचानक खाल्डोमा लडेर गम्भीर घाइते भएका वृद्धलाई उपचारका लागि विराटनगरको प्राइम अस्पताल लगिएको थियो ।
त्यहाँ सम्भव नभएपछि विराट शिक्षण अस्पताल लगिएको । विराट पुर्याउनेवित्तिकै शुक्रबार दिउँसो २ः१० बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।