२०८३ श्रावण ११ गते , सोमबार

भद्रपुर क्रिकेट क्लबको पद हस्तान्तरण सम्पन्न

sajilo news
झापा
२०८३ श्रावण ११ गते , सोमबार
भद्रपुर क्रिकेट क्लबको पद हस्तान्तरण सम्पन्न

भद्रपुर । भद्रपुर क्रिकेट क्लबको पद हस्तान्तरण सम्पन्न गरिएको छ । क्लबका निवर्तमान अध्यक्ष आदित्य पराजुलीले नवनिर्वाचित अध्यक्ष गौरव सुब्बा (मनोज)लाई जिम्मेवारी हस्तान्तरण गर्दै पदस्थापन गरेका हुन् । निवर्तमान अध्यक्ष पराजुलीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न पदस्थापन कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

निवर्तमान महासचिव वसन्त पोखरेल तथा वर्तमान सचिव केदार महतले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान उपाध्यक्ष नितेश वर्माले स्वगत गरेका थिए भने कार्यक्रममा नेपाल चिया तथा कफी विकास बोर्डका नवनियुक्त उपाध्यक्ष एवम् क्लबका निवर्तमान अध्यक्ष आदित्य पराजुली तथा परिवार नियोजन संघ झापाका नव निर्वाचित अध्यक्ष तोया गड्तौलालाई सम्मान समेत गरिएको थियो ।

सर्वसम्मत रूपमा साउन ८ गते सम्पन्न क्लबको निर्वाचनबाट अध्यक्ष गौरव सुब्बा मनोज, वरिष्ठ उपाध्यक्ष नितेश वर्मा, उपाध्यक्ष वसन्त पोखरेल ,उपाध्यक्ष कबिन राई, महासचिव राजन भट्टराई ,सचिव केदार महत, र कोषाध्यक्ष पवन घिमिरे चयन भएका थिए भने ,सदस्यहरू विशाल राई, सुदर्शन महर्जन, शेखर खड्का, अंकित सुवेदी, अमित शर्मा, अभिषेक ढुङ्गाना, तोया गडतौला, पोषराज पौडेल, असीम शर्मा, बिक्की जैसवाल, राजेश गुप्ता र अजय साहेवाला चयन भएका थिए ।

सम्बन्धित समाचार