२०८३ श्रावण ९ गते , शनिबार
भद्रपुर क्रिकेट क्लबको अध्यक्षमा गौरव सुब्बा
भद्रपुर । भद्रपुर क्रिकेट क्लबको अध्यक्षमा गौरव सुब्बा (मनोज) सर्वसम्मत चयन भएका छन् । आगामी दुई वर्षे कार्यकालका लागि शुक्रबार भएको निर्वाचनबाट अध्यक्षमा सुब्बासहित १९ सदस्यीय कार्य समिति नै निर्विरोध चयन भएका हुन् । अध्यक्ष सुब्बा भद्रपुर ८ नम्बर वडा कार्यालयका अध्यक्ष हुन् ।
क्लबको उपाध्यक्षमा नितेश बर्मा, उपाध्यक्षमा बसन्त पोखरेल र कविन राई, महासचिवमा राजन भट्टराई, सचिवमा केदार महत तथा कोषाध्यक्षमा पवन घिमिरे भएका छन् ।
त्यस्तै सदस्यहरूमा तोयानाथ गड्तौला, अभिषेक ढुङ्गाना, अजयकुमार साहेवाला, विक्की जैसवाल, अङ्कित सुवेदी, सुदर्शन महर्जन, अमित शर्मा, राजेश प्रसाद गुप्ता, पोषराज पौडेल, शेखर खड्का, विशाल राई र असीम घिमिरे शर्मा चयन भएका छन् । यसअघि भद्रपुर क्रिकेट क्लब अध्यक्ष आदित्य पराजुली रहेका थिए ।